Logo

दुखत खबर: आगलागीमा परेर छोरा गुमाएका वडाध्यक्षको ह्रदयघातबाट मृत्यु

घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको बुधबार हृदयघात भएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगलागीमा परेर ज्यान गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदयघातबाट मृत्यु भएको हो ।

बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । ४७ वर्षीय खनालको शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा साढे दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

खनालकी श्रीमती रुपा खनाल पनि सोही अस्पतालमा उपचार गराइरहेकी छन् । वडाध्यक्ष खनालको निधन प्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन वरालले दुख ब्यक्त गरेका छन् । मन्त्री ज्ञवाली घाईते खनाल दम्पत्तीलाई भेट्न अस्पताल पुगेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्