Logo

जनकपुरमा राहत लिन गएका मजदुर ठेला चालकलाई प्रहरीदुवारा कुटपिट कानकोजाली फुट्यो

लकडाउनमा स्थानीय सरकारबाट प्रदान गरिरहेको राहत लिन जाँदा जनकपुरमा एक ठेलाचालकलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फोडेको आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कुटपीट कानको जाली फोडिदिएको आरोप लगाएका हुन् ।

जनकपुरधाममा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा गर्दै आएका साहलाई लकडाउनले समस्या परेकाले उनी पनि राहत सामग्री लिन तिरहुतीय गाछी आइपुगेका थिए । त्यसक्रममा प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा आफुमाथि एक्कासी आएर लाठी प्रहार गरेको उनले दुखेसो पोखे ।प्रहरीको लाठी प्रहारबाट आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमेको दुखेसो पोखेका छन् ।

प्रहरीको लाठी चार्जबाट बेहोस भएपछि प्रहरीले नै आफुलाई पाण्डे मेडिकल पु¥याएको उनको भनाइ छ । सामान्य उपचारपछि आफुलाई औषधी दिएर घर पठाएको पीडित साहको भनाइ छ ।दुई साताअघि धनुषाको गोदारका एक एम्बुलेन्स चालकलाई जनकपुरको मुजेलियामा एक ट्राफिक प्रहरीले कुटपिट गरी बायाँ कानको जाली फोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्