Logo

कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका संक्रमितलाई फेरि अस्पताल भर्ना

कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका ८ का वर्षीय बच्चा अन्सारीलाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो ।

तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको रखखिएको छ । आइतबार बिहान कुरा गर्दै अन्सारीले आफुलाई शनिबार राति नारायणी अस्पतालले पठाएको एम्बुलेन्समा राखेर घरबाट ल्याएको जानकारी दिए । अन्सारीका अनुसा घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ जना स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए । शनिबार बेलुकी अचानक घरबाट एम्बुलेन्समा राखेर आफूलाइ नारायणी अस्पताल ल्याएको अन्सारीले बताए।

उनले भने–‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन, अस्पतालमा आएपछि मैले उमा मेडम (अस्पतालकी चिकित्सक ) लाइ सोध्दा शंका छ त्यहि भएर ल्याएको भन्नुभयो।’ शनिबार राति अस्पतालमा ल्याइसकेपछि पनि स्वास्थ्यकर्मीले आफनो खकारको नमूना परीक्षणका लागि लिएर गएको अन्सारीले जानकारी दिए। ‘जे–जे उपचार गर्नुछ सबै एकैपटक गरेर घर पठाइदिए हुन्थ्यो’ अन्सारीले भने, ‘निको भएर डाक्टरले नै घर पठाएका हुन् अहिले फेरि शंका छ भनेर ल्याएर अस्पतालमा

प्रतिक्रिया दिनुहोस्