खुसीको खबर : स्विजरल्याण्डले दिएको ३० हजार थान पीसीआर किट नेपाल आइपुग्यो !
स्विजरल्याण्ड सरकारले नेपाललाई दिएको कोरोना परीक्षण किट नेपाल आइपुगेको छ । स्विस सरकारले १५ दिन पहिले नै नेपाललाई पोलिमराइज चेन रिएक्सन अर्थात पीसीआर किट दिन चाहे पनि नेपालले खासै पहल नगर्दा नेपाल आउन पाएको थिएन । तर स्विजरल्याण्डले नेपाललाई दिने किट सिंगापुर हुँदै मलेसिया पुर्याइदिएपछि नेपाल एअरलाइन्सले किट नेपाल ल्याएको हो ।
बुधबार अष्ट्रेलियाको सिड्नी जाने क्रममा नेपाल एअरलाइन्सले पीसीआर किट क्वालालम्पुरमा लोड गरेर गएको थियो । बिहीबार किट नेपाल आइपुगेको हो ।पीसीआर किट नेपालका लागि स्विजरल्याण्डका राजदूतले एलिजावेथ भन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो। नेपालमा अहिले पीसीआर प्रविधिमार्फत जाँच गर्ने किटमध्ये आर एन ए एक्स्ट्रयाक किटको अभाव भएको थियो । अब यो किट आएपछि अभाव पूर्ति हुनेछ ।
स्विस सरकारले दिएको ३० हजार किटमा पीसीआर विधिमार्फत परीक्षण हुने सबै प्रकारका किट समावेश रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।