नेपाली भुभाग मिचेर भारतले सडक बनाएपछि विप्लव माओवादीले दियो यस्तो चेतावनी !
भारतले नेपाली भुमिका सडक निर्माण गरेर सञ्चालनमा ल्याएपछि नेपालमा चर्को विरेध सुरु भएको छ । सरकारले पनि भारतको यस रवैयाको खुलेरै विरोध गरेको छ । यो बाहेक अन्या राजनीतिक दलहरुमा पनि यस मुद्दालाई लिएर सरकारको तिव्र आलोचना हुँदैछ । यो बीचमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ ।
नेपाली भूभागमा भारतले बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा देखिएको विप्लव समूहको निष्कर्ष छ । भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै विप्लव समूहले संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ ।
विप्लव समूहले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ । विप्लव समूहको अन्तर्राष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन) द्धारा चेतावनीसहित जारी विज्ञप्तिमा यस्तो बताइएको छ ।
भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न, चीनलाई नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्र संघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हस्तक्षेपमा नजर लगाउन अनुरोध गरिएको छ ।
भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको बुझाई रहेको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको भनेर उल्लेख गरिएको छ ।