Logo

चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक, चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगे

वैशाख – कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए । उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्