Logo

सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर दार्चुलाको छाङरु जाँदै…..(भिडियो सहित)

बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङ‌रु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए। दार्चुलाको व्यास गाउँ पालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो ।

भारतले उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको उद्घाटन गरे पछि सशस्त्रको आउट बोर्डर पोस्ट तत्काल सीमा क्षेत्रतर्फ जान लागेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । देशको सीमा सुरक्षाको जिम्मा सरकारले हाल सशस्त्र प्रहरी बललाई दिएको छ । भारतले नेपालको सीमा कालापानी क्षेत्रबाट समेत बाटो लिएपछि नेपाल सरकारले उक्त सडक खण्डको वि’रोध गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको शुक्रबार उद्घाटन गरेका थिए । शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर सडक बनाएकाेमा वि’राेध गरेको हो । कालापानी भौगोलिक हिसाबले विकट भएका कारण नेपाली सेनाको हेलिकोप्टर मार्फत बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली बुधबारसम्म छाङ्गरु पुग्ने सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले बताएकाे छ ।

‘सशस्त्र प्रहरीले यसअघि नै बीओपी पोस्ट राख्ने तयारी गरेको थियो । तर, अहिले भारतले सडक नै निर्माण गरेपछि तत्तकालै जानुपर्ने अवस्था आएको हो,’ सशस्त्र प्रहरी स्रोतले भने। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाबाट सुरक्षाकर्मीको टोली कालापानी क्षेत्र जान लागेको हो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हरेक बीओपीमा ३५ जना सुरक्षाकर्मीकाे टाेली खटिँदै आएको छ ।

कालापानी सीमा सुरक्षाका लागि पनि प्रहरी निरीक्षकको नेतृत्वमा तत्काल ३५ जना नै पठाउने तयारी भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख सशस्त्र प्रहरी बलका डीएसपी डम्बरबहादुर विष्टले बताए । ‘सशस्त्र प्रहरी बल मुख्यालयबाट कालापानी सीमा सुरक्षा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन भएको छ । हामी त्यही अनुसारको तयारीमा छौँ,’ डीएसपी विष्टले भने ।

काला पानी सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि ६ महिनासम्म पुग्ने गरेर नेपाली सेनाको हेलिकोप्टर मार्फत हात ह’तियार, गो’लीगट्ठा र बन्दो बस्तीका सामान लगायत राशन र मेडिकल सामग्रीहरूका लिने जनाइएको छ । छाङ‌रु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक,लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्