दुखद खबर :नेपालमा संक्रमितको संख्या २ सय १७
नेपालमा सोमबार देखि कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ । सोमबार २४ जना एकै दिनमा भेटिएका थिए भने मंगलवार एकै दिनमा ८३ जना नयाँ संक्रमित भेटिएका छन् । नेपालमा यति धेरै संक्रमित भेटिएको यो पहिलोपटक हो । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ ।
मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । पर्साका संक्रमितहरुमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु र १६ , २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१, ६१ वर्षका पुरुषहरु रहेका छन् ।
त्यसैगरी महोत्तरीका १६ र ३५ वर्षीय पुरुष, धुनषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । साथै भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ निवासी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमित २ सय १७ पुगेका छन् ।
भारतसँग सिमा जोडिएको जिल्लामा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिने डर छ । कोरोना भाइरसबाट पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । यद्दपी निको भएर फर्किएका तिन जनालाई पुन परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ पाएपछि आइसोलेसनमा उपचार भइरहेको छ ।