Logo

पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वमा पनि नेपाली भूमि कब्जा….(भिडियो सहित)

पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ । भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँ पालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो। पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ।

एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगाल सँग जोडिएको छ । ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपाल तर्फ को जमिनमा एसएसबीले कब्जा जमाएको हो।

नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँ पालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो । वार्तामा माथिको निर्देशन अनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। आजको अन्नपुर्ण पोस्टमा भीमकुमार बाँस्कोटाले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्