कोरोना महामारीको अवस्थालाई गम्भीररूपमा लिंदै बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सँक्रमणको महामारीलाई मध्यनजर गर्दै जिल्लाभरि कर्फ्यू लगाउने घोषणा गरेको हो । यसलाई पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सामा पनि निषेधाज्ञा जारी हुन लागेको बताएकी हुन् । सो क्रममा सबै ई–पास पनि खारेज गरिएको छ ।https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s
बारा जिल्ला पर्साको वीरगंजसँग टाँसिएको क्षेत्र भएकोले जिल्ला प्रशासन कार्यालय, पर्साभन्दा अगावै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन ।सूचनामा वैशाख ३० गते बसेको विपत् व्यवस्थापन केन्द्रको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजीम निम्न अनुसार गर्न, गराउने गरी निषेधाज्ञा जारी भएको बताइएको छ।https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s
निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज गरिएको र ई-पास पनि बुधवारदेखि खारेज गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।