Logo

कोरोना संक्रमित व्यक्ति भागे गोली हानेर पक्राउ गर्न आदेश….(भिडियो सहित)

कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्ति उपचारको क्रममा भागेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न गोली समेत प्रहार गर्न सकिने भएको छ। बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकमा उक्त निर्णय गरिएको हो। यो निर्णयसँगै पर्सा जिल्लामा उपचारत कुनै कोरोना संक्रमित फरार भएमा उनीहरुलाई पक्राउ गर्न सुरक्षा निकायले गोली समेत प्रहार गर्न सक्ने भएका हुन्।

सिडिओसहित, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पर्साका मेयर र डाक्टर सम्मिलत बैठकले ७ बुँदे निर्णय गरेको थियो। उक्त निर्णय बुँदा ३ मा ‘कोरोना संक्रमित व्यक्ति उपचारको क्रममा भाग्न खोजे त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन सुरक्षा निकायले आवश्यक बल प्रयोग गर्न सक्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गरिएको’ उल्लेख छ।

पर्साको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुई कोरोना संक्रमित व्यक्ति शौचालय जाने बाहनामा ट्वाइलेटकै भेन्टिलेसन भाँचेर फरार भएका थिए। उनीहरुले सुरक्षा निकायले पक्राउ गरिसकेको छ। अब फेरि यस्तो अवस्था नआओस् भनेर गोली चलाउनेसम्मको अधिकारी दिइएको बैठकले जनाएको छ।

त्यस्तै बैठकले कारोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि नारायणी अस्पतालमासमेत आइसोलनको बेड पर्याप्त नभएपछि कोरोना संक्रमणको पुष्टि भएता पनि लक्षण नदेखिएकाहरुलाई सिद्धार्थ माविको स्कूलमा राख्ने निर्णय गरेको थियो। त्यस्तै पर्सामा निषेधाज्ञा लागू गर्नेदेखि पर्सा जिल्ला प्रशासनबाट जारी भएका सम्पूर्ण पास समेत खारेज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्