काठमाडौंमा ७ वर्षीय बालकमा कोरोना संक्रमण…..(भिडियो सहित)
काठमाडौंमा एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने तीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म काठमाडौंमा ९ जनामा कोरोना संक्रमित फेला परिसकेका छन् । तीमध्ये यसअघि नै ५ जना निको भएर घर फर्किसकेका छन् । यस्तै उपत्यकाको भक्तपुरमा पनि २ जनामा कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।