Logo

मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी !

मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अन्य संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ । सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्