कोरोनाबाट मृत्युभएको शव उठाउन साहस गर्ने भक्तपुरे स्वयंसेवक टोलीलाई सलाम !
कोरोनाका कारण पहिलो मृत्यु भयो धुलिखेल अस्पतालमा तर त्यहाँको अस्पतालको एम्बुलेन्सले समेत त्यो लास उठाउने हिम्मत गरेन । भक्तपुरका अरूण सैंजुलगायतको टोलीले त्यस लासलाई उठाइ आर्यघाट पुर्याइ दियो । उनको टाेली काेराेना विरूद्ध अभियानमा २ महिनादेखि लागिरहेकाे छ । याे सरकारी टाेली हाेइन, भक्तपुर हस्पितलमा टेन्ट राखेर बसेकाे स्वयंसेवक दस्ता हाे ।
धुलिखेल हस्पितलकाे एम्बुलेेन्सले समेत गर्न नसकेको /नमानेको अवस्थामा भक्तपुरकाे यस स्वयंसेवक टाेलीले त्याे लासलाई पशुपतिसम्म पुर्याइ जुन साहसपूर्ण कार्य गरे त्यस कार्यप्रति सम्मानसहित सुभाय् पोस्ट परिवार सलाम गर्दछ । यस कार्यले नेवार समुदायको सीगुथी परम्परालाई सम्झाई दिएको छ ।