कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।https://www.youtube.com/watch?v=KhR2IDMSbmM&t=1s
शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुष छन् । सङ्क्रमितहरुको यात्रा विवरणलगायतको विषयमा खोजी कार्य भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।गृह मन्त्रालयका अनुसार, यो हप्तामा नेपाल प्रहरीको तीन, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौँमा दुई र बारामा एकजना छन् ।विशेष गरी विभिन्न सीमा नाका, संक्रमितक्षेत्र, संक्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा रहेका छन् । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्म संक्रमित भएको पाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।https://www.youtube.com/watch?v=KhR2IDMSbmM&t=1s