Logo

सारै दुखद खबर: स्पेन र इटालीभन्दा धेरै कोरोना संक्रमित ब्राजिलमा ! सेयर गरौ

कोरोना संक्रमणको आधारमा ब्राजिलले स्पेन र इटालीलाई पनि पछि पारेको छ । अब सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरुको सूचीमा चौथो नम्बरमा छ । शनिबार ब्राजिलका अधिकारीहरुले बितेको २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित फेला परेको बताएका थिए । यससँगै ब्राजिलमा कूल संक्रमित व्यक्तिहरुको संख्या २ लाख ४१ हजार ८० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

यद्यपि संक्रमितहरुको यो संख्या अमेरिका, रुस र ब्रिटेनको भन्दा कम हो । ल्याटिन अमेरिकी देश ब्राजिलमा एक दिनमै कोरोना संक्रमणका कारण ८ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेहरुको संख्या १६ हजार १ सय १८ पुगेको छ । विशेषज्ञहरुका ब्राजिलमा कम मात्र परीक्षण गरिएको छ । यदि परीक्षणको दायरा बढाउने हो भने संक्रमित व्यक्तिहरु अझै धेरै फेला पर्ने बताएका छन् ।
ब्राजिलमा अस्पताल पुगेकाहरुलाई मात्रै कोरोना संक्रमणको जाँच गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्