Logo

अमेरिकन आइडलको टप फाइभमा पुगे दिवेश, विजेता छान्न एकघण्टे लाइभ भोटिङ सुरु !

नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ । न्युयोर्क समय अनुशार बेलुका ८ बजे आजको शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो । आजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको छ भने अबको झण्डै एकघण्टामात्र भोटिङ गर्न पाइनेछ । त्यसपछि आजै अमेरिकन आइडलको घोषणा गरिनेछ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ । त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्