Logo

एकै दिन एक लाख कोरोना संक्रमित बढेपछि सँसारभर महामारीको झन् खतरा !

आइतबार एकै दिन एक लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रेकर्ड भएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक बुलेटिनमा आइतबार विश्वभर उक्त संख्यामा मानिसहरु संक्रमित भएको जनाएको हो । एकै दिन एक लाख संक्रमित बढ्दा विश्वभर कोभिड १९ भएकाहरु ४५ लाख कटेका छन् । यही रफ्तारमा वद्धि भए यसै हप्ता सँसारका आधा करोड जनसंख्या संक्रमित हुने देखिएको छ । आइतबार एकै दिन ५ हजारभन्दा बढी मानिसको संक्रमणबाट मृत्यु भएको छ । यो निकै खतरनाक अवस्था हो ।

सँसारभर ३ लाखभन्दा बढी मानिसको कोभिड १९ बाट मृत्यु भइसकेको छ । उत्तर र दक्षिण अमेरिकामा संक्रमित संख्याको वृद्धिदर बढिरहेको छ । त्यहाँ एकै दिन ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् र ३७ सयको मृत्यु भएको तथ्यांक छ । दुवै महादेशमा झण्डै २० लाख संक्रमित संख्या पुग्न लागेको छ ।

युरोपमा १८ लाख संक्रमित भइसकेका छन् १ लाख ६५ हजारको मृत्यु भइसकेको छ । कोभिड १९ को संक्रमित सबैभन्दा बढी अमेरिकामा १४ लाख कटेको छ । रुसमा २ लाख ८१ हजार, बेलायतमा २ लाख ४० हजार, स्पेनमा २ लाख ३० हजार, इटालीमा २ लाख २४ हजार, ब्राजिलमा २ लाख १८ हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्