Logo

देशमा फैलिएको कोरोनाभाइरस रोक्नका लागि दिए काली मातालाई जिब्रोको बलि !

देशमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेर देउतालाई बलि दिएका छन् । युवकको नाम विवेक शर्मा हो। उनका सहकर्मी ब्रिजेश सिंहले प्रहरीलाई बताएअनुसार, शर्मा काली माताका भक्त हुन् र विगत केही दिनयता उनले देवीको नाम लिइरहेका थिए ।

शनिवार बिहान उनी बजार जान्छु भनी भवानी मन्दिरबाट निस्किए । तर उनी नफर्केपछि उनका दाइले मोबाइल फोनमा कल गरे । अर्कै व्यक्तिले फोन उठाए अनि विवेकले नदेश्वरी मन्दिरमा जिब्रो काटेको खबर दिए । नदेश्वरी माताजीलाई जिब्रोको बलि दिएपछि उहाँ खुशी हुने र कोरोनाभाइरस फैलिनबाट रोक्ने आशा विवेकले गरेका हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्