Logo

कोरोनाबाट नेपालमा ज्यान गुमाउने दोश्रो व्यक्ति बाँकेका २५ बर्षीय युबा !

कोरोना संक्रमणबाट नेपालमा थप १ नेपालीले ज्यान गुमाएका छन् । बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृ’त्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले पुष्टि गरेका छन ।उनको कोरोनाबाट मृ’त्यु भएको पुष्टि संगै कोरोनाबाट नेपालमा २ जनाले ज्यान गुमाएका छन ।नेपालमा कोरोनाबाट ज्यान गुमाउने दोश्रो व्यक्ति बाँकेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको रहेका छन ।उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।गएराती तीन बजे वा’न्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृ’त्यु भएको थियो ।

 

हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वा’व लिइएको थियो ।पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सा’वधानी अपनाइएको छ ।संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वा’व लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वा’व लिन बाँकी रहेको छ ।मृ’तक युवाको श’व अहिले पनि क्वारेन्टाइनमै रहेको छ ।

यस अघि हिजो शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृ’त्यु पुष्टि भएको थियो ।सिन्धुपाल्चोककी २६ वर्षीया सु’त्केरी महिलाको बिहीबार मृ’त्यु भएको थियो । मन्त्रालयले शनिबार उनको मृ’त्यु कोरोना संक्रमणबाट भएको घो’षणा गरेको थियो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृ’तकको संख्या दुई पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्