Logo

खुसीको खबर: मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित !

सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो ।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ । संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए। सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । घोषणा गरेको ४ दिनमा सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा प्रकाश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्