Logo

दुखद खबर: कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको निधन !

माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंँगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी,२० वर्षीय निराजन चौधरी,२५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

तेस्तै,जलेश्वर,६ जेठ – महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–८ बस्ने विकाउ रामका छोरा १६ वर्षीय लटरु राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

केही दिनदेखि मानसिक सन्तुलन ठीक नरहेको युवक रामको जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा आज डुबेर मृत्यु भएको हो । पोखरीमा नुहाउन गएका बेला बढी पानीमा पुग्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्