Logo

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको गाडी चालक !

मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्