Logo

कालापानी नेपालको हो, फिर्ता ल्याएरै छाड्छौँ र देशमा दीपावली गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपालकै भूमि भएको प्रष्ट पार्दै फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । उहाँले विक्रम सम्बत २०१८ सालसम्म त्यहाँ नेपाल सरकारले तिरो उठाउँदै आएको चर्चा गर्दै पछि त्यहाँ नेपालको उपस्थिति बन्द भएको बताउनुभयो । उहाँले त्यतिखेरका शासकहरु पछि हटे पनि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट वर्तमान सरकार पछि नहट्ने अडान व्यक्त गर्दै भन्नुभयो, ‘हाम्रो भूभाग हो । हामी फिर्ता लिएर छाड्छौँ ।’

कालापानीको जमिनमा कुनै पनि विवाद नरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक माध्यमबाट गुमेको भूभाग फिर्ता लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार तथाकथित राष्ट्रवादमा विश्वास नराख्ने बताउनुभएको छ । नेपाल दुई ठूला शक्तिको बीचमा रहेको उल्लेख गदै उहाँले नेपाल जस्तो सानो मुलुकले देखावटी राष्ट्रवाद र लम्पसार राष्ट्रवादको बाटो समात्न नहुने प्रष्ट पार्नुभएको छ । उहाँले कालापानी फिर्ता ल्याएर नेपालमा खुसीको दीपावली गरिने पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्