Logo

कपिलवस्तु र रुपन्देहीमा २ वर्षीय बालकसहित थपिए १३ संक्रमित…..(भिडियो सहित)

कपिलवस्तु र रुपन्देहीमा बुधवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कोरोना प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कपिलवस्तुका १२ जना र रुपन्देहीका १ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

https://www.youtube.com/watch?v=KgbnPkHpKWI

प्रदेश जनस्वास्थ्य प्रयोगशालका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेमा गत वैशाख ३१ गते भारतको सुनौलीस्थित क्वारेन्टाइनबाट ल्याइएका पुरूष छन्। गिरीले सुनौलीस्थित भारतीय क्वारेन्टाइनबाट सिद्धार्थनगर नगरपालिकाको लिलाराम मावि भैरहवाको क्वारेन्टाइनमा राखिएका पुरूषमा कोरोना पुष्टि भएको जानकारी दिए। त्यस्तै, कपिलवस्तुका १२ जनामध्ये ९ जना महाराजगञ्ज नगरपालिकाका छन् भने ३ जना विजयनगर गाउँपालिकाका छन्।

‘https://www.youtube.com/watch?v=wEXXgHU1j0Y&t=184s

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले संक्रमितमध्ये २ वर्षीय बालकसँगै ५ जना बालबालिका रहेका छन्। महाराजगञ्ज नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका २ वर्षीय र १४ वर्षीय बालकसँगै ३, ४ र ५ वर्षीय तीन बालिकामा पनि संक्रमण पुष्टि भएको थापाले जानकारी दिए। संक्रमण देखिने अन्यमा २०, २८ र १६ वर्षीया महिला तथा २०, २२, ३५ र ४० वर्षीया पुरूष छन् ।

प्रतिक्रिया दिनुहोस्