Logo

कोरोनाबाट आमा गुमाएका नाबालकको पूर्व सूचना तथा सञ्चारमन्त्रीले लिए भरणपोषण र उच्च शिक्षाको जिम्मा

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका बच्चालाई ५० हजार सहयोग गर्ने भएका छन् ।पूर्वमन्त्री बस्नेतले बच्चालाई आवश्यक पर्ने पौष्टिक आहारका लागि ५० हजार रकम सहयोग गर्ने भएका हुन् ।आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।

बच्चाको बुबा धुलिखेल अस्पतालबाट फर्कने बितिकै सो रकम हस्तान्तरण गरिने उनले जानकारी दिए ।उनले बच्चाको १ देखि १२ कक्षासम्म अध्ययनकालागि निशुल्क व्यवस्था गर्ने भएका छन् ।१२ पछि थप उच्च शिक्षा अध्ययनका लागि पनि आफूले पहल गर्ने र बच्चाको लागि रोजगारीको व्यवस्था गर्ने उनले बताए ।

बाह्रबिसे नगरपालिका-९ राम्चेकी एक महिलाको कोरोना भाइरस संक्रमण कारण जेठ १ गते मृत्यु भएको थियो । उनी ९ दिनकी सुत्केरी थिइन् । गत वैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा उनले छोरालाई जन्म दिएकी थिइन् । उनको छोरा धुलिखेल अस्पतालमा छन् ।उनको स्वास्थ्य अवस्था राम्रो रहेका चिकित्सकहरुले बताएका छन् । ती महिला पूर्वमन्त्री बस्नेतको छिमेकी गाउँकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्