Logo

नयाँ वर्षका दिन ५ कुरा घरमा राख्नुहोस् वर्षभरि सफलता मिल्नेछ !

आज नयाँ वर्षका दिन तपाईहरुले घरमा यस्ता बस्तु राख्नाले अधिक सफलता पाउनु हुनेछ ।ज्योतिष शास्त्रका अनुसार सफलताको पछि मानिसको भाग्यको योगदान पनि हुन्छ । त्यसैले धेरैले भाग्यमा पनि विश्वास गर्छन् ।

सूर्यको प्रतिमा – आजको दिन सूर्यको प्रतिमा घरमा राख्नाले ज्ञान, तेज,शक्ति, बुद्धि प्राप्त हुनेछ । साथै आत्मा विश्वास पनि बढ्ने छ । यसलाई विशेष गरी पूजा कोठामा राख्दा उचित प्रतिफल प्राप्त हुनेछ । यसबाट तपाइको घरमा सूर्यको प्रकाश परि वर्षभरि पारिवारिक सुख मिल्नेछ ।

२ पैसा – २०७७ सालमा तपाईँले घरमा राख्नै पर्ने कुरा मध्य पैसा पनि एक हो । आफूसँग भएको पैसालाई आफ्नो पूजा कोठामा चढाउनुहोस् । चढाएको यो पैसालाई वर्षभरि खर्च नगर्नुहोस्। यसले तपाइको लक्ष्मी बढ्नेछ । यसबाट सकारात्मक ऊर्जा पनि प्राप्त हुनेछ ।

३ कछुवा – नयाँ वर्षको दिन घरमा कछुवा राख्नुहोला । कछुवालाई विशेष गरी घरको पूजा कोठामा राख्दा फलिफाप हुनेछ । यसलाई भगवान विष्णुको अवतार मानिन्छ । यसले तपाईँलाई दीर्घायुको कामना गरिरहेको हुन्छ ।

४ गोमती चक्र – तपाईँले घरमा राख्नै पर्ने अर्को बस्तु मध्य गोमती चक्र पनि एक हो । यसलाई तपाइले पर्स, दराज लगायत पूजा कक्षमा पनि राख्नुहोला । यसले बास्तुदोष निवारणको साथै घरमा लक्ष्मीलाई आमन्त्रित गर्दछ ।

५ मयुरको पोवाख – मयुरको पोवाख घरमा राख्दा पारिवारिक वातावरण, ज्ञान , प्रेम , मुद्दा मामिलाका साथै वैवाहिक जीवनमा सफलता प्राप्त हुनेछ । यसो गर्दा वर्षै भरि सफलता र उन्माद खुसी लिएर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्