Logo

दुखद खबर: क्वारेन्टाइनमा बसेर घर गएका युवा सिकिस्त बिरामी !

दुई हप्ता सुनकोसी गाउँपालिकामा रहेको क्षेत्रीय (महिला सीर्जनशील) क्वारेन्टाइनमा बसेर घर गएका एक युवक बिरामी भएपछि अस्पताल लगिएको छ । सुनकोसी गाउँपालिका ६ सानोपाखरका ३३ वर्षीय युवालाई छाति दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पताल पठाइएको हो ।उनी गत वैशाख १० गते जनकपुरबाट सिन्धुपाल्चोक आएका थिए । उनी वैशाख ११ देखि क्वारेन्टाइनमा बसेर २५ गते निस्किएको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेल जानकारी दिए ।

दुई हप्ता क्वारेन्टाइनमा बसेपछि बैशाख २४ गते उनको आरडीटी प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको थियो ।परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइएको थियो । हिजो देखि एक्कासि ज्वरो आउने र छाति दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल पठाइएको जनस्वास्थ्य अधिकृत दुर्गादत चापागाईले जानकारी दिए । उनलाई धुलिखेल अस्पताल लगिदैं छ ।

प्रतिक्रिया दिनुहोस्