भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३….(भिडियो सहित)
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।आज (बिहीबार) विहान ८ः १० मिनेटमा अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले जानकारी दिएका छन् ।
https://www.youtube.com/watch?v=KgbnPkHpKWI
‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ, चौधरीले भने, ‘शव व्यवस्थापनको तयारी थालिएको छ ।’ विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गते मात्रै उनका कोरोना पोजेटिभ देखिएको हो । भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो ।
https://www.youtube.com/watch?v=KgbnPkHpKWI
उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ । १९६ जना संक्रमित भएका छन् ।गुल्मीमा उनमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन् । जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका थिए । त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छायाँ पोलिक्लिनिकमा आएका थिए । त्यसपछि मात्रै उनी बुटवल आएका थिए ।
उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ । उनको अन्य व्यक्तिसँगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ । कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखाचीको छायाँ पोलिक्लिनिक शिल गरिएको छ ।
https://www.youtube.com/watch?v=KgbnPkHpKWI