Logo

एसएसबीकाे दादागिरी : नेपालभित्रै प्रवेश गरेर न्युज २४ कर्मीको क्यामेरा खोस्यो !

रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाेसेका छन् ।

भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको संकटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्