Logo

नेपालमा ५३ जना कोरोना जितेर घर फर्किए !

काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ । नेपालमा अहिले सम्म ४ सय ५३ जनामा कोरोना पुष्टि भईसकेको छ । संक्रमित मद्ये ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्