सारै दुखद खबर: बूढानीलकण्ठमा कोरोना पुष्टि भएका युवा एम्बुलेन्स चालक !
सोमबार बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका युवा एम्बुलेन्स चालक रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमित पुष्टि भएको सार्वजनिक गरेकोमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका युवा पनि थिए ।
सो नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराईले संक्रमण पुष्टि भएका युवाले आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर पछिल्लो समय समस्यामा परेकाहरूलाई अस्पताल लैजाने काममा सहयोग गर्दै आएका थिए ।
नगरपालिकामा जम्मा १०१ जनाको कोरोना परीक्षण गर्दा ५९ जनाको रिपोर्ट आएमध्ये एक जनाको पोजेटिभ आएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनलाई सोमबारै टेकु अस्पतालको आइसोलेसनमा लगिएको नगरपालिकाले जनाएको छ ।