अर्घाखाँचीका संक्रमितलाई दाङ लगिने


अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् ।