चिनको वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको स्वरूप लिदै छ र यसबाट मृत्युुहुनेको संख्या दिन प्रतिदिन बढ्दै छ । हालसम्म यसको कुनै प्रकारको औषधी पत्ता लाग्न सकेको छैन तर रोग फैलन नदिनका लागि हरेक उपायहरूको खोजी भैरहेको छ ।
पूर्वीय दर्शनमा यस्था थुप्रै संस्कारको हरुको उल्लेख गरिएको छ जसमध्ये नमस्कार गर्ने प्रचलन अहिले विश्वव्यापी रुपमा प्रचलनमा आईरहेको छ । हाम्रा ऋषीमहर्षी हरुले सूर्यनमस्का गर्ने बिधिको आजभन्दा हजारौं वर्ष पहिले देखि प्रयोगमा ल्याएका थिए । यस्ता बिधि शास्त्रमा हरेक ग्रन्थमा विस्तारित रुपमा ब्याख्या गरिएको छ ।
शास्त्रमा यस्ता महामारी रोग हरुको उल्लेख गरिएको छ । यसको निराकरण गर्ने पनि पूर्वीय शास्त्रमा उल्लेख गरिएको छ जुन योग, ध्यान, विभिन्न जडिबुटी, मन्त्र आदिको उल्लेख गरिएको छ । सामाजिक सन्जालहरुमा विभिन्न देशका बिशिस्ट व्यक्ति हरुले नमस्कार गरेका तस्बिरहरू सार्वजनिक आएसंगै पूर्वीय संस्कारको चर्चा चलिरहेको छ ।
हाल प्राण घातक मानिने कोरोना भाइरस संग लड्न पूर्वीय पद्धतिको अवलम्बन गरिदै छ । रोगबाट बच्नका लागि हात मिलाउनु भन्दा नमस्कार गर्नु नै सुरक्षित मानिदै आइरहेको कुरा विश्वव्यापि हुँदै आइरहेको छ । प्राचीन आयूर्वेदी पद्धतिमा सूर्य नमस्कार गर्नु पर्ने दैनिक गरिने सन्ध्योपासना पद्धतिमा उल्लेख गरिएको छ ।
विस्तारै पूर्वीय संस्कारको अवलम्बन पश्चिमी मुलुकमा फैलिदै छ वेदमा पनि भगवान् शिवको पाठ मानिने रुद्रीपाठमा बारम्बार नमोनमह भनेर नमस्कारको स्तितुती गरिएको छ । भागवत महापुराण हरुमा पनि बारम्बार नमस्कार गरिएका मन्त्र हरुको व्यापकता पाईन्छ । साधु सन्त हरुलाई पनि ओम नमो नारायणाय भनेर नमस्कार गर्ने कुरा हरुपनि शास्त्रमा उल्लेख गरिएको छ ।
यसरी हाम्रा धर्म ग्रन्थ हरुमा उल्लेख गरिएका हरेक कुराहरुको बिस्तारै विश्वव्यापी रुपमा लागुहुदै छ । तर हाम्रो समाज अहिले पश्चिमी सब्यताको उनुसरण गर्दै छ ।हाम्रो समाज पश्चिमी सव्यताको अनुसरण गर्दै गर्दा विश्वव्यापी नमस्कार गर्ने प्रचलन बढ्दै जानुले हरेक प्रकारका रोगहरुको सुरक्षा गर्ने कवचका रुपमा नै पूर्वीय दर्शन नै विशेष प्रभावकारी रहने अहिले देखिदै आइरहेको छ ।
प्रतिक्रिया