अभिरल बर्सा को कारण मेलम्ची खानेपानीको बाँध फुट्यो ईन्जिनियर र गाडी चालक वेपत्ता !


काठमाडौँ आसार ३०। मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा २ जना आयोजनाका कर्मचारी बेपत्ता भएका छन् र दुई जना घाईते भएका छन् । आज दिउसो गेटको बाँध फुटेको थियो ।घाइते हुनेहरु साइटइन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् ।

 

सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको प्रहरीले जनाएका छन । उनीहरुको खोजी कार्य जारी रहेको छ भने घाईतेहरको उपचार भईरहेको छ ।