अमेरिकाले दैनिक कोरोना संक्रमितदरमा नयाँ रेकर्ड कायम गरेको छ । वर्ल्डोमिटरका अनुसार बिहिबार ७२ हजार नयाँ संक्रमित भएसँगै एकैदिन धेरै संक्रमित हुनेमा रेकर्ड राखेको हो । यस्तै, ९ सय ४० जनाको संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।
अमेरिकामा हालसम्म ३६ लाख ९३ हजार संक्रमित भएका छन् भने १ लाख ४१ हजार ९५ जनाको मृत्यु भएको छ । १६ लाख ७५ हजार उपचारपछि निको भएका छन् । १८ लाख ७७ हजार उपचाररत छन् ।
प्रतिक्रिया