साउन ०५ गते सोमबार, यस्तो छ तपाईको राशिफल पाथिभारा माता ले सबैको कल्याण गरुन !


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समयलाई पछ्याउन नसक्दा दुख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भनि प्राप्त होला । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नु परेपनि देखिन्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पढाइ लेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुख पाइनेछ । जागिरमा पनि सावधान रहनु होला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । परिश्रम परेपनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।