महिनामा साउन र बारमा सो’मबार भगवान् शिवको बार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनो’कामना पूरा हुन्छ।पहिले भगवान शिवका दे’वस्थलमा सोबार भक्तजनको भीड लागेको लाग्ने गथ्र्यो, यसपालि भने सुनसान छ । साउनको सोम’बार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउनको पहिलो सोमबार सधैं पशुपतिना’थको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो ।महिनामा साउन र बारमा सोमबार भगवान् शिव’को बार भएकाले यस दिनमा शिव’जीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
पहिलेका बर्षहरुमा पशु’पति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु हुन्थ्यो । कोरो’नाका कारण यसपालि पशुपतिनाथको मन्दिर भित्र गएर दर्शन गर्न मिल्दैन ।विगतमा अरु चाड जस्तै साउने सोम’बारका दिन पनि दर्शनका लागि तीनतिरबाट भक्तज’नको लाइन राखिएको हुन्थ्यो । छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोल’बम यात्रीका लागि छुट्याइएको हुन्थ्यो । यसपटक बोलबम पनि हुने छैन ।
साउनको सोम’बार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा बिग’तमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको हुन्थ्यो ।यसपटक देवघाटमा पनि साउने मेला नहुने भए’को छ । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलओम मेला नहुने भएको हो ।
बिगतमा आइतबार साँ’झ देखिनै देवघा’टमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको गर्दथ्यो ।साउन महिना वर्षकै चोखो महि’नाको रुपमा लिइने गरिएको छ । बिगतमा नेपालका विभिन्न जिल्लासहित विशेषगरी भार’तबाट समेत श्रद्धालु भक्तजन आउने गर्दथे ।गतबर्ष देवघाट मेला’मा लोप हुँदै गइरहेको भानुभक्तिय रामाय’णलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम गरिएको थियो ।
देवघाट मेला”मा गत बर्ष चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडौं लगायतका जिल्लाबाट भक्तजन आउने पुगेका थिए ।बोलबम भन्दै सोम’बार आ’एर शिवलाई जल चढा’ए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ । बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट आउँदाको रौनक यसप’टक देख्न पाइने छैन ।
प्रतिक्रिया