Logo

विशाल बजारबाट करिब २० लाख रुपैयाँसहित एक जना पक्राउ !

स्रोत नखुलेको करिब २० लाख रकमसहित एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । ढुन्डीराज न्यौपानेलाई अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजारबाट पक्राउ गरेको हो ।

एसपी ईश्वर कार्कीका अनुसार उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्