Logo

निक्कै दुखद खबर: साउदीमा पहिलोपटक नेपाली पत्रकारको कोरोनाबाट निधन !

कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको नि’धन भएको छ ।कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृ’त्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आईतवार नि’धन भएको हो । उहाँ नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदीअरव पुग्नु भएको निर्देशक पंगेनीले बताउनु भयो ।

प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहनु भएका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनु भएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै स’क्रिय रहदै आउनु भएको थियो ।श्रीमती सहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बि’दामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ उ’ड्नु भएको थियो ।श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्