Logo

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ८ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन पूर्णरुपमा खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्