Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना समुदायमा फैलिएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिनसकेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताएका हुन्।’भाइरसको फैलावटको
वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड-१९ को केस भएको मुलुकको सूचीमा राखेको छ। यसमा स्थानीय

तहहरूबाट थप खोज गर्ने काम भइरहेको छ,’ उनले भने। पछिल्लो समय वीरगन्ज, सप्तरी र विराटनगरपमा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूमा संक्रमण देखिएपछि स्थानीय तहले संक्रमण समुदायमा पुगेको निस्कर्ष निकालेका थिए। मन्त्रालयले भने कोरोना समुदायमा पुगेको केही शंका गर्ने आधारहरू तय भएपनि थप कुरा विश्लेषण नभइ घोषणा गर्न नसकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्