Logo

महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण

काठमाडौं महानगरपालिका-२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। दुई व्यवसायीमा संक्रमण देखिएपछि सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ। संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिरज शाह र रन्जु शाह छन्।

व्यवसायीमा संक्रमण देखिएपछि अहिले सो क्षेत्रका पसल बन्द गरिएका छन्। वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ।

संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब मंगलबार संकलन गरिने वडा कार्यालयले जनाएको छ। ‘भोलि हाम्रो वडा कार्यालयमा सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्नेछौं,’ वडाध्यक्ष बज्राचार्यले भने,’अहिलेसम्म ७० जनाले नाम टिपाइसकेका छन्। २०० जना सम्मको परीक्षण गराउने लक्ष्य राखेका छौं।’

संक्रमितहरूलाई टेकु अस्पतालमा राखिएको वडाध्यक्ष बज्राचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्