Logo

दुखद खबर:आँप टिप्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु !


सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपलिका-७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रहेका छन् ।

सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा उनी रुखबाट खसेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्