Logo

खुसीको खबर : ऐश्वर्या राय र उनकी छोरीले कोरोनालाई जिते घर फर्के

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बलिउड अभिनेता एवं उनका पति अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको पछिल्लो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन्। यो सँगै दुवै जना मुम्बई स्थित नामावती अस्पतालबाट डिस्चार्ज भएका छन्।

तर, अमिताभ र अभिषेक बच्चनको रिपोर्ट आएको छैन। उनीहरु दुवैजना अझै केही दिन अस्पतालमै चिकित्सकीय निगरानीमा रहनेछन्।
गत ११ जुलाईमा अमिताभसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्यालाई कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमणपछि सबैलाई मुम्बईस्थित नामावती अस्पताल भर्ना गरिएको थियो। अमिताभ बच्चन ७७ वर्षका भइसकेका छन्। उनलाई विशेष निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्