Logo

काठमाडौँको मुटुमा नै कोरोना देखिएपछि बजार बन्द, पसल सिल कोरोनाको त्रासमा काठमाडौँ !

पछिल्ला दिनमा लकडाउन हटेसँगै भारतीयहरु नेपाल छिर्ने क्रम बढेको छ । भारतीइ ब्यापारीहरु सुटुक्क काठमाडौँ लगायतका ठूला शहरमा आएसँगै कोरोना संक्रमितको दर काठमाडौँ फैलिन थालेको छ । जसको उदाहरण आइतबार र सोमबार काठमडौँको ब्यस्त बजार महाबौद्ध र न्यूरोड तथा कालिमाटीमा देखियो ।कालीमाटीमा तरकारी ब्यापारी भारतीयमा कोरोना संक्रमणको पुष्टी भयो । त्यस्तै महाबौद्धमा एकै परिवारका ५ जनामा संक्रमण पुष्टी हुँदा सोमबार भारतीय ब्यापारीमा पनि कोरोना पुष्टी भएपछि अहिले उक्त क्षेत्र सिल गरिएको छ ।

कोरोनाको त्राससँगै अहिले काठमाडौँका भोटाहिटी, असन र महाबौद्धमा कोरोनाको त्रासले सम्पूर्ण पसलहरु बन्द रहेको महाबौद्धमा ब्यबसाय संचालन गर्दै आएका पर्वतका केशव लामिछानेले ओएस नेपालालाई जानकारी दिए । उनका अनुसार महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएपछि अहिले उक्त स्थानका पसलहरु बन्द छन् । उनी पनि आइतबार बेलुकाबाट पसल जान सकेका छैनन् । लामिछानेका अनुसार महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा संक्रमण पुष्टि भएको हो । आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि सो क्षेत्रका पसलहरु धमाधम बन्द गर्न शुरु गरिएको थियो । वडाअध्यक्ष चिनियामान बज्राचार्यले उहाँहरुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गर्न सार्वजनिक अपिल गरेका छन् । यसैबिच शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल टुकुका निर्देशक डा।सागर राज भण्डारीले ओएस नेपालसँग कुराकानी गर्दै महाबौद्धका अन्य पसल र कोरोना संक्रमितहरुका आफन्त र उनीहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रसिगंका आधारमा अनुसन्धान र परिक्षण सुरु गरिएको जानकारी दिए ।

यसैबिच पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएपछि अहिले आपत नै परेको डा। निरज सिंह बताउँछन् ।कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारीमा छ । महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै बिरगञ्जमा अहिले अवस्था खतरा उन्मुख देखिएको चिकित्सकलाई जनाउँदै ओएस नेपालका संवाददाता महेश यादवले जानकारी दिए ।

अस्पतालमा शैय्या नभएपछि अहिले २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको छ ।गम्भीर बिरामी थपिने र संक्रमितको धमाधम ज्यान गइरहँदा पनि तीन तहका सरकारबीच उचित समन्वय हुन सकेको छैन । पर्सामा कोरोना संक्रमित सात जनाको मृत्यु भइसकेको छ । नेपालमा भारतबाट आउने क्रम नरोकिएको र अहिले सुरक्षा शर्तकता पनि सीमानामा फितलो भएका कारण तराईका जिल्लामा संक्रमणको खतरा उच्च रहेको विज्ञहरुले पटक पटक चेतावनी दिँदा पनि सरकारको घैँटोमा भने घाम लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्