Logo

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्