Logo

कोरोना भाइरस नेपालमा थप ३११ जनामा कोरोनाभाइरस पुष्टि भएपछि सङ्क्रमित सङ्ख्या १९ हजार नाघ्यो, एक जनाको मृत्यु


देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ। मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ।अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण केही दिनमै नियन्त्रण बाहिर जान सक्ने चेतावनी कोरोनाभाइरसका खोपबारे गलत र दिग्भ्रमित पार्ने दाबीहरू कोभिड-१९ विरुद्ध लुकेको प्रतिरोध क्षमता भएका मानिस

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा ५३ जना
मङ्गलवार थपिएका सङ्क्रमितमध्ये ५३ जना काठमाण्डू उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ।

तीमध्ये ४८ जना काठमाण्डू, चार जना ललितपुर र एक जना भक्तपुरका रहेका छन्।

मङ्गलवार रौतहट र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित रहेका डा. गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्