Logo

साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल !

साउन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । यात्रा पनि होला । आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्