Logo

जान्नुहोस् आफ्नो भाग्य र भविष्य: तपाईको आजको राशिफल कस्तो छ ?

मेषः– काम गर्ने वाताबरण अझै बन्ने देखिन्न । अनावस्यक तनाव बढाउने खालका समस्या झेल्नु पर्ला । सुख शान्तिमा कमि आउनेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।

वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । ढिला नगरि समयको सदुपयोग गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । जीवन साथीबाट सामान्य सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्नु भयो भने सोचे जस्तो उपलब्धि हासिल हुने छैन । हेलचक्र्याई कुनै कुरामा नगर्नु होला ।

मिथुनः–समयको गति सगै काममा सुधार आउनेछ । नयाँ जोश,नयाँ काम,नयाँ विचार आजको प्राथमिकता रहनेछ । मुद्धा जीत हुनेछ विवादको अन्त्य हुनेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– भक्तिभाव बाट मात्र कुनै काम हुने छैनन । सहज रुपमा कहि कतै केहि हुने छैन । उपलब्धिका काममा चासो कम हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ । पठन पाठनमा कम ध्यान जानेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । अरुको भरमा काम नगर्नु होला विग्रिने अवस्था रहनेछ ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । घर परिवारका समस्यमा सँग धेरै खेल्नु पर्नेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । इष्टमित्र साथी भाईका कुरा ठीकै ठीकै हुनेछन् । पढाई लेखाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ । जोखिम मोलेर यात्रा नगर्नु होला ।

कन्याः– समग्रमा दिन अनुकुल देखिन्छ ढिला सुस्ति नगरि समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्त बाट पनि सहयोग पाईनेछ । आत्मविश्वास,आत्मबलमा कुनै कमि आउने छैन । धन संचितीमा वृद्धि हुनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विरोधी आफै कमजोर बन्ने छन् ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग अल्प मिल्नेछ । प्रयत्न बाट नै सफलताको यात्रा अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुने छैन । काममा साना तिना समस्या आईरहने छन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । विचारमा परिवर्तन आउनेछ । आर्थिक उपलब्धिका काम कम हुनेछन् । संचित धन नचलाउनु होला । आफन्तबाट कुराको सहयोग मात्र हुनेछ,कामको सहयोग खासै हुने छैन । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

धनुः–पुरै दिन अनुकुल छैन भन्दा बढि हुने छैन । मनोरञ्जन तथा स्वागत सत्कारमा बढि धन खर्च हुनेछ । सहयोगी हात भेटिने छैन । काम गर्दा अन्योलता बढ्नेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट नाफ भन्दा घाटा बढि हुनसक्छ । भावना वुझि दिने कोहि हुनेछैन ।

मकरः– समयमा गरेका कामबाट उचित फल मिल्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । थोरै प्रयत्न गर्नु भयो भने बक्यौता रकम उठ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । शैक्षिक र वैदेशिक मार्ग बढि सफल देखिन्छन । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ ।

कुम्भः– समयको महत्वलाई वुझेर अगाडि बढ्नु होला । लगनशिलताबाट नै लक्ष्यमा पुग्न सकिनेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधी कमजोर हुनेछन् जसका कारण आफु लाभान्वित भईनेछ । भाग्यले साथ दिनेछ ।

मिनः–समयमा क्रमिक सुधार आउनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । सहयोगी मन खोज्नु पर्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । दानपुण्यका काम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्